एनएमबि बैंकले आजबाट आफ्ना शेयरधनीहरुको हितकारी खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ ।
बैंकले यस अघि आफ्नो वार्षिक साधारण सभाबाट पारित गरेको लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्न थालेको हो ।
बैंले गत आर्थिक वर्षको मुनाफाबाट २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।
हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको बैंक खातामा बैंकले ४ प्रतिशत नगद लाभांश पठाउन थालेको हो ।
बैंकको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया