काठमाडौं – चालु आर्थिक बर्षको पहिलो ६ महिनामा प्रारम्भिक सार्वजनिक निष्काशन अर्थात आईपीओ निकाष्शनमा भारी गिरावट आएको छ । समिक्षा अवधमिा एक जलविद्यतु कम्पनीले मात्रा आईपीओ निष्काशन गरेको छ ।
उक्त कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ३३ करोड ५१ लाख बराबरको आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । तर, त्यसमा सर्वसाधारणमा केवल ७ करोड (२१ प्रतिशत) मात्र बित्री भएको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।
गत आवको समिक्षा अवधीमा ९ जलविद्युत कम्पनी र २ लघुवित्त गरेर ११ कम्पनीले रू. ३ अर्ब ६० करोड रुपैयाँ बराबरको निष्काशन अनुमति लिएका थिए । साथै, ती सबै निष्काशन सर्वसाधारणले खरिद गरेको बोर्डको भनाइ छ । तर, चालु आवमा गत आवको भन्दा कम शेयर निकाष्शन भएको बार्डको भनाइ छ । चालु आवमा कुल २० अर्ब बराबरको सार्वजनिक निष्काशन भएको छ ।
प्रतिक्रिया