गुल्मी सदरमुकाम रेसुङ्गाको फोर्टिन स्टार क्लबले विपन्न दलित बालबालिकालाई न्यानो टोपी वितरण गरेको छ ।
बढ्दो चिसोबाट जोगाउन क्लबले ४० जना बालबालिकालाई टोपी वितरण गरेको हो ।
सँधैजसो शितल वातावरण भएको गुल्मी सदरमुकाममा यो समयमा अध्यधिक चिसो हुने गर्दछ ।
विपन्न बालबालिकाले चिसोमा सुरक्षाको उपाय नअपनाउँदा विभिन्न प्रकारका चिसोजन्य रोगबाट बचाउन टोपी वितरण गरिएको क्लबका सल्लाहकार सबिन बस्नेतले बताए ।
क्लबका अध्यक्ष बिक्रम बुढाथोकी, सचिब नारायण आचार्य लगायतले टोपी वितरण गरेका थिए ।
यसअघि क्लबले रुडेक संस्थाको सहयोगमा ठूलो राशिको पुरस्कार सहित जिल्ला स्तरीय फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो ।
प्रतिक्रिया