पेस्तोलसहित २ जना पक्राउ

६ बर्ष अगाडि

धनुषा  प्रहरीले स्वचालित पेस्तोल सहित २ जनालाई मंगलबार पक्राउ गरेको छ। 
 पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय दिपेश महतो र सोही गाउँका १९ वर्षीय शुभकेश महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
हतियार बोकेर हिँडेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले दिपेशलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अशोक झाले जनाए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया