चितवन उद्योग बाणिज्य संघमा राजु श्रेष्ठ

६ बर्ष अगाडि

उद्योग बाणिज्य संघ, चितवनको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छ्न् ।

प्रतिस्पर्धी ज्ञानेन्द्रमान शाक्यलाई पराजित गर्दै श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन् । 

संघको कार्यसमितिमा उद्योग तर्फ अशोक अधिकारी, कृष्ण रिजाल, बिनोद पौडेल, योगिता पिया, लिलबहादुर क्षेत्री, भानुभक्त न्यौपाने बिजयी भएका छन्। 

त्यसैगरी बाणिज्य तर्फ थिर प्रसाद शिताल, ज्ञानु न्यौपाने, बद्री पौडेल, लक्ष्मी रिमाल, बिकास थापा, चेतनारायण सापाकोटा बिजयी  भएका छन् । 

बस्तुगत तर्फ दुर्गादत्त कँडेल, बिनोद तिमिल्सिना, धनप्रसाद पोखरेल, शर्मिला न्यौपाने र महिला उद्धमी तर्फ  रजनी मास्के बिजयी भएका छ्न् । 

जम्मा ३ हजार ७ सय ८२ मतदाता रहेकोमा ३ हजार १ सय ७३ मत खसेको थियो । 

श्रेष्ठलाई नेकपाको समर्थन थियो भने शाक्यलाई नेपाली काँग्रेसको समर्थन थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया