शुक्लाफाँटामा एघार छाउगोठ भत्काइयो

६ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिकाले  छाउगोठ भत्काउने अभियान सञ्चालनमा ल्याएको छ । 

सोमबारदेखि सञ्चालनमा ल्याइएको सो अभियानको शुरुआतको दिन ११ वटा छाउगोठ भत्काइएको नगरपालिकाले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले वडा नं ४ आशापुरबाट अभियानको शुरुआत गर्नुहुँदै छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।  

नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासैनी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक वीरबहादुर साहुले अभियानलाई निरन्तता दिइने जानकारी दिए ।

अभियानमा कालिका युवा क्लबमा आबद्ध युवाको अभियानमा सहभागिता रहेको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया