गायक निशान भट्टराइको सोमबार राती सवारी दुर्घटनामा परी निधन भएको छ ।
दरबारमार्गस्थित वान थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर घर फर्किने क्रममा गायक भट्टराइको तीनकुनेमा सवारी दुर्घटना भएको हो ।
उनले चलाएको कार तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जानकारी दिए ।
गम्भीर अवस्थामा उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको र बिहान ४ः ४५ मा उपचारको क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएका छन् ।
उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।
प्रतिक्रिया