सात हजार घुसमा नापी सर्वेक्षक समातिए

६ बर्ष अगाडि

नापी कार्यालय बेलवारी मोरङमा कार्यरत सर्भेक्षक दिनेशकुमार साह ७ हजार घुससहित पक्राउ परेका छन् । 

जग्गा नापी गरी सिमाङ्कन गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिको टोलीले उनलाई पक्राउ गरेको हो । 

 सर्भेक्षक साहलाई घुसर लिइसकेको अबस्थामा बेलवारी नगरपालिका वडा नम्बर १० स्थित भाउन्ने चोकबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया