प्रहरी भन्दै रकम असुली गरेको अभियोगमा २ जना पक्राउ

६ बर्ष अगाडि

झापा – बाह्रदर्शी गाउँपालिका–३ राजगढ बजारमा स्थानीय व्यापारीसँग प्रहरी भएको भन्दै नगद असुली गरिरहेको अवस्थामा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा गौरीगंञ्ज गाउँपालिका–१ बस्ने २८ वर्षीय पर्शुराम महतो र सोही गाउँपालिका३ बस्ने २० वर्षीय जिवन दास रहेका छन् । 

उनीहरुले प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआइबी प्रहरी हौं भन्दै ७ हजार रुपैयाँ हजार नगद असुली गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया