आउँदो माघ १ गतेदेखि काठमाडौं महानगरपालिकाले खुलामञ्चमा पार्किङ गर्न नपाइने भएको छ ।
अकुपाईं टुँडिखेलको कार्यक्रम अन्तर्गत अभियान्ताहरूको सहकार्यमा खुलामञ्चमा सूचना टाँस गरी पार्किङ गर्न नदिने निर्णय गरेको हो।
यस ऐतिहासिक खुलामञ्चको गरिमालाई कायम राख्न पार्किङ निषेध गरिने सम्पूर्णमा सूचित गर्न चाहन्छौं,काठमाडौं महानगर वडा २८ ले जारी गरेको सूचनामा उल्लेख छ।
त्यहाँ सर्वसाधारणदेखि सरकारी कर्मचारीले समेत निस्शुल्क पार्किङ गर्दै आएका छन्।
प्रतिक्रिया