काठमाडौं – सुनको मुल्य आकाशएिपछि चालु आवको पहिलो पाँच महिनामा सुनको आयात भारी रुपमा घटेको छ । सुनको मुल्य आकाशिए पछि नेपालमा यसको काराबारमा ह्रास आएको छ, त्यसको फल स्वरुप चालु आवमा सुनको आयात घटेको हो ।
गत आवको पहिलो पाँच महीनामा रू. १७ अर्ब ४५ करोड ३० लाखको सुन आयात भएको थियो । तर, अहिले रू. ६ अर्ब ९० करोड ३८ लाख मात्रा सुन आयात भएको छ । गत आवमा भने कुल रू. ३४ अर्ब ६३ करोड ७७ लाखको सुन आयात भएको छ ।
बीगत एक बर्षदेखि जारी अमेरिका र चीन बीचको व्यापार युद्धका कारण विश्व अर्थतन्त्र र शेयर बजारमा ह्रास आइरहेको छ । त्यसैले लगानीकर्ताहरुले लगानी सुरुक्षित गर्न सुन किनेर होल्ड गर्ने गरेका छन्, जसको फल स्वरुप विश्व बजारमा सुनको मुल्य आकाशिएको छ ।
नेपालमा पनि विश्व बजार अनुसार नै सुनको मुल्य निर्धारण हुन्छ । यसरी विश्व बजारमा सुनको मुल्य बढेपछि नेपालमा पनि यसको भाउ बढेको छ । भाउ बढेर कारोबार कम भएपनि बैंकहरुले सुन आयात गर्न छोडेका थिए । पहिलो तीन महीनामा त सुन आयात लगभग ठप्प थियो ।
नेपाल सुन आयात गर्ने अख्तियार बाणिज्य बैंकहरुलाई मात्रा छ । सुन कारोबार कम भएपछि बैंकलाई नै सुन आयात नगर्न व्यवसायीहरुले सुझाव दिएका थिए ।
साथै, अहिल इरान र अमेरिका बीचको तनावका कारण पनि विश्व बजारमा सुनको मूल्य बढको छ । त्यसैले अहिले बैंकहरुले सनु आयत गरेका छैनन् । त्यैले अर्थबार्षिक समयमा पनि सुनको आयात थप घट्ने छ ।
प्रतिक्रिया