दिलिपको परिवारलाई पाँच लाख दिने प्रदेश सरकारको निर्णय

६ बर्ष अगाडि

धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा बालुवा, गिट्टी उत्खनन् गरेको विरोध गर्दा हत्या गरिएको दिलिप महतोको परिवारलाई प्रदेश सरकारले पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई पाँच लाख रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए । 
मिथिला नगरपालिका ५ श्रीनगरका २४ वर्षीय दिलिप महतोको शुक्रबार बिहान टिपर चलाएर हत्या गरिएको थियो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया