यी हुन् सर्वाधिक लाभांश दिने ३ कम्पनी, दुईको शतप्रतिशत भन्दा बढी

६ बर्ष अगाडि

काठमाडौं – आव २०७५÷७६ को मुनाफाबाट पनि युनिलिभर नेपालले अन्य कम्पनीभन्दा सर्वाधिक लाभांश दिन सफल भएको छ । उक्त कम्पनीले हरेक बर्ष सर्वाधिक लाभांश दिँदै आएको छ ।
गत आवको मुनाफाबाट कम्पनीले शेयरधनीलाई प्रतिकित्ता ७७० रुपैयाँ नगद लाभांश दिएको छ, जुन अन्य पब्लीक कम्पनीको भन्दा बढी हो । युनिलिभर विदशी कम्पनी हो । 
नेपाल स्टक एक्सचेन्जमा पनि उक्त कम्पनीको शेयरमुल्य अरुको भन्दा बढी छ । हाल उक्त कम्पनीको शेयर मुल्य १९ हजार ५० रुपैयाँ छ ।
यस्तै, सर्वाधिक लाभांश दिनेमा दोस्रो नम्बरमा हिमालयन डिस्ट्रीलरी रहेको छ । उक्त कम्पनीले ५० प्रतिशत बोनस शेयर र ५२.६३ नगद गरेर १०२.६३ प्रतिशत लाभांश दिएको छ ।
यस्तै, नेशनल माइक्रोफाइनान्सले ७५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरेर ८० प्रतिशत लाभांश दिएको छ । यस्तै, यो बर्ष नेपाल सेवा लघुवित्त २.६२ प्रतिशत मात्रा लाभांश दिएको छ  ।
बाणिज्य बैंकतर्फ सबैभन्दा बढी लाभांश एनएमबी बैंकले दिएको छ । उक्त बैंकले ३५ प्रतिशत लाभांश दिएको छ । यसैगरि गत आवमा सबैभन्दा कम लाभांश दिने सिभिल बैंक रहेको छ । उक्त बैंकले ६.५७ प्रतिशत नगद लाभांश दिएको छ । नेपालमा बार्षिक २०० भन्दा बढी कम्पनीले लाभांश वितरण गर्छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया