एकै साथ सात कम्पनीले बोलाए साधारण सभा, कुनले कति लाभांश दिने ?

६ बर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैकंसहित अन्य सात कम्पनीहरुले आज आफ्नो साधारण सभा बोलाएका छन 

कम्पनीहरुले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश वितरण गर्न उक्त सभा बोलाएका हुन । 

आज साधारण सभा हुने कम्पनीहरुमा नेपाल इन्भेष्टमेन्ट बैकं,नेरुडे लघुवित्त,मिरमिरे लघुवित्त, हिमालयन पावर पार्टनर,प्रोगसि फाइनान्स,एचआइडीसीएल र आखुँखोला हाइड्रोपावर रहेका छन ।

नेपाल इन्भेष्टमेन्ट बैकंले चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर जारी गर्ने र कर सहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने साधारण सभा बोलाएको हो।
कम्पनीको ३३ औँ साधारण सभा राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा बिहान १० बजे हुनेछ ।

त्यस्तै,नेरुडे लघुवित्तले गत आवको नाफाबाट १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश गरी कुल २०।७९ लाभांश वितरण गर्ने साधारण सभा बोलाएको हो ।
कम्पनीको १३ औँ साधारण सभा द्योग संगठन विराटनगर, मोरङमा बिहान ११ बजे  हुनेछ ।

त्यस्तै,मिर्मिरे लघुवित्तले ४५ प्रतिशत बोनस शेयर वितरण गर्ने, बोनस शेयरको कर प्रयोजनको लागि २.३६ प्रतिशत नगद लाभांश वितरण गर्नै साधारण सभा बोलाएको छ ।
कम्पनीको साधारण सभा मिराबल रिसोर्ट एण्ड होटल, धुलिखेलमा बिहान ११ बजे डाकेको छ ।

त्यस्त, हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले सञ्चालक समितिले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नै साधारण सभा आहवान गरेको हो ।

कम्पनीको साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे  हुनेछ । 

त्यस्तै,प्रोग्रेशिभ फाइनान्सले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनमा जान आवश्यक प्रकृया पुर्याउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने साधारण सभा बोलाएइको हो ।
कम्पनीको २३ औँ वार्षिक साधारण सभा ज्यापू प्रज्ञा भवन, ललितपुरमा  दिउँसो १ बजे हुनेछ ।

त्यस्तै,हिमालयन पावर पार्टनरले गत आवको वित्तीय विवरण पारित गर्नै र कम्पनीको अन्य छलफल गर्नका लागि साधारण सभा बोलाएको हो।
कम्पनीको साधारण सभा अम्रपाली ब्यांक्वेट क्याटरिङ्ग एण्ड इभेन्ट, भाटभटेनीमाबिहान १० बजे हुनेछ ।

त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीले एकै पटक दुई बर्षको वार्षिक साधारण सभा आज बोलाएको छ ।
कम्पनीको साधाराण सभा नक्साल बैङ्क्वेट, नक्सालमा बिहान ११ बजे शुरु हुनेछ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया