नक्कली बिल बनाएर ५० करोड राजश्व छली गर्ने बिरुद्ध मुद्धा

६ बर्ष अगाडि

विभिन्न कम्पनीमार्फत भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको आरोपमा रुपन्देहीका दुई जनाविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । 

रुपन्देहीको सम्मरीमाइका श्रुति ट्रेडर्स सञ्चालक आशिष गुप्तासमेत दुई जनालाई भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमा रु ४९ करोड ६५ लाख बिगो कायम गरी आज रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । 

उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दावी गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

अभियुक्त गुप्ता र श्रुति ट्रेडर्सका मुख्य कारोवारी सन्नी गुप्ताले न्यून बिजकीकरण गर्ने, बिक्री बिलको रकम आम्दानीमा नदेखाउने, तिर्नु नपर्ने खरीदको लागत देखाउने र मालवस्तु विनाबिल र विजक बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको छ । 

यस्तै मौज्दात खातामा मालवस्तु देखिने तर गोदाममा मालवस्तु नदेखिएको समेत विभागले जनाएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया