गाेली हानेर समातियाे गुण्डा नाइके लामालाइ

६ बर्ष अगाडि

ज्यान मुद्दामा फरार अभियुक्त गुण्डा नाइके बिष्णु लामालालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक घर भएका लामालाई  जोरपाटीको जम्बुडाडामा गोली हानेर पक्राउ गरेको हो । 

लामा जोरपाटीमा १५ वर्षीय बालकलाई चिर्पट हानेर फरार भएको प्रहरीको आरोप छ । 

उनले काठमाडौंको जोरपाटी आसपास आधार क्षेत्र बनाएरविभिन्न व्यक्तिहरुसँग चन्दा संकलन गर्ने र धम्की दिँदै आएको समेत आरोप छ । 

खुट्टामा गोली लागेर घाइते लामालाई ट्रमामा उपचारको लागि लगिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया