एनएमबी बैंक बोर्डबाट पवनकुमार गोल्याण अध्यक्षमा पुनः निर्वाचित

६ बर्ष अगाडि

राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले एनएमबि बैंकका संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । 

यहि मिति २०७६ पौष २४ गते, बिहिबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरमा सम्पन्न एनएमबी बैंक लिमिटेडकोे २४औँ वार्षिक साधारण सभाले  गोल्याणलाई संस्थापक शेयरधनीको प्रतिनिधि चयन गरेको हो ।

हाल एनएमबी बैंकको सञ्चालक समितिमा अध्यक्ष पवन कुमार गोल्याण, एफएमओको तर्फबाट संस्थापक शेयरधनी  नीको पिल, कर्मचारी संचय कोषको तर्फबाट संस्थापक शेयरधनी श्री राजेन्द्र काफ्ले, सर्वसाधारण शेयरधनीबाट शिरिष कुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोन तथा स्वतन्त्र सञ्चालक प्रदिप राज पाण्डे रहेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया