मोरङ - विराटनगर महानगरपालिकाका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् ।
महानगर-१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् ।
प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए ।
घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक मनोज केसीले बताए । आजको कान्तिपुर समाचार छापेको छ ।
भट्टराईले शिखा केही दिनदेखि अर्कै केटासँग लागेको र केही दिनमै आफूलाई छाडेर अस्ट्रेलिया जान लागेकाले हत्या गरेको बताएका छन् ।
प्रतिक्रिया