आज साताको पहिलो कारोबारका दिन शेयर कारोवार मापक नेप्से परिसूचक अत्याधिक अंकले बढे्को छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ४२।६१ अंकले बढे्को हो । कारोबार सुरु भएको केही समय बाटै उकालो लागेको नेप्से परिसूचक पहिलो घण्टामा १४ अंक दोस्रो घण्टामा २८ अंक, तेस्रो घण्टामा २४ अंकले बढे्को थियो भने कारोबारको अन्तिम घण्टामा ४२ अंकले उचाईमा पुगेर बन्द भएको हो ।
आज १२१३.५१ को बिन्दुबाट शुरु भएको कारोबार अन्तिम समय सम्म आउदाँ १२५५.७२ बिन्दुमा पुगेको छ ।
आज ११ बजे १२१३.५१ बिन्दुबाट शेयर कारोबार शुरु भएको थियो भने ३ बजे सम्म आउँदा त्यो परीसुचक ३.५१ प्रतिशतले बढेको छ।
उता सेन्सेटिभ परिसूचक पनि ८.४७ अंकले उकालो लागेको छ ।आज कारोबारमा आएका १७८ कम्पनीका ३६ लाख १९ हजार कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमा सबै उपसमूहहरु उकालो लागेका छन् ।
प्रतिक्रिया