छलाङ मार्दै बीमा कम्पनीहरूः जीवन बीमाशुल्क ५२% बढ्यो, ५ महिनामा ३७.४३ अर्ब बीमाशुल्क

६ बर्ष अगाडि

काठमाडौं – जीवन बीमा कम्पनीहरूले चालु आथिक बर्षको पहिलो ५ महिना अर्थात मंसिर सम्म रू. ३७ अर्ब ४३ करोड बीमाशुल्क संकलन गरेका छन् । नेपालमा रहेका निजी क्षेत्रका १८ जिवन बीमा कम्पनीले यतिका बीमाशुल्क उठाएका हुन् । 
सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले भने तथ्यांक उपलब्ध नगराएको बीमा समितिले बताएको छ । निजी कम्पनीहरुले  गत आवको सोही अवधमिा २४ अर्ब ५४ करोड ६१ लाख बीमाशुल्क संकलन गरेका थिए, जसअनुसार अहिले बीमाशुुलक ५२.४९ प्रतिशत बढेको छ । पछिल्लो समय जीवन बीमा कम्पनीको व्यवसाय उत्कृष्टका साथ बढ्दै गएको देखिन्छ । 
हालसम्म बीमा कम्पनीहरुले ८५ लाख १२ हजार ७७४ वटा बीमलेख जारी गरेका छन् । गत आवको मंसिरसम्म ७२ लाख ६५ हजार ९९६ ओटा बीमालेख जारी भएका थिए । यो बर्ष जारी भएका बीमालेखको संख्या १७.१६ प्रतिशतले बढेको देखिन्छ । बैदेशिक रोजगार बीमा सहित बीमाको पहुँच २७ प्रतिशत नेपाली जनतामा पुगेको छ । 
पछिल्लो समय जीवन बीमाको व्यवसाय बढ्दै गएको समितिका अधिकारीहरु बताउछन् । कम्पनीहरु बीच बढ्दो प्रतिस्पर्धा, बीमा जनचेतना र कम्पनीको शाखा बढ्दै गएपछि यसको व्यवसाय बढ्दै गएको समितिको भनाइ छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया