नेप्सेको ऐतिहासिक छलाङ, दुई घण्टामा २८ अंकले बढ्यो

६ बर्ष अगाडि

आज साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेन्जे नेप्सेले ऐतिहासिक छलाङ मारेको छ ।

आज कारोबार सुरु भएको दुई घण्टाको अवधिमा परिसूचक २८ अंकले बढे्को हो ।

कारोबारको  पहिलो घण्टामा १४.२६ अंकले बढे्को नेप्से दुई घण्टामा १२४१.७८ को बिन्दुमा पुगेको छ ।

आज १२१३.०९ को बिन्दुबाट सूरु भएको कारोबार १ घण्टाको अवधीमा १२४१.७८ बिन्दुमा पुगेको छ ।आज ११ बजे  विन्दुबाट १२१३.०९ शेयर कारोबार सुरु भएको थियो भने १बजेसम्म आउँदा त्यो परिसुचक २.३६ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज कारोबारका आएका १२ समूह मध्य अहिले सम्ममा ११ समूह बढे्का छन् भने २ समूह घटेका छन् ।अहिलो कारोबार भयरहेको ११४ कम्पनीको १४ लाख कित्ता शेयर किन बेच हुदाँ ५३ करोड बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया