बैंकर्स संघको नयाँ कार्य समितिको पहिलो बैठकः यस्ता भए ऐतिहासिक निर्णय

६ बर्ष अगाडि

काठमाडौं – नेपाल बैंकर्सको नयाँ कार्य समितिकोे पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ । संघ नयाँ अध्यक्ष सानिमा बैंक सीईओ भुवन दाहालको अध्यक्षता उक्त बैठक भएको हो ।  करिब एक महिना अगाडि भुवन दाहालको अध्यक्षतामा संघको नयाँ कार्यसमित चयन गरिएको थियो । 
उक्त बैठकले बिविध बिषय अध्ययन गर्न तीन समिति गठन गरेको छ । संघले बैंकका कर्मचारीको तलब नाफा र कर्जा व्याजदरको बिषयमा अध्ययन गर्न समिति गठन गरेको हो । अहिले बैंकको नाफा, कर्मचारी तलव र कर्जाको व्याजदर बढी भएको टिप्पणी हुन थालेको छ । त्यसैले यस बिषयमा आवश्यक अध्धयन गर्न कृषि बिकास बैंकको सीईओ अनिल कुमार उपाध्यायको संयोजकत्वमा समिति गठन गरेको हो । 
अन्तरराष्ट्रिय बैंकिङ क्षेत्रका कर्मचारीको सेवा सुविधा लगायतका अभ्याससँग नेपालको अभ्यास तुलना गरेर अध्ययन गरिने बताइएको छ । अध्ययन गरेर यसको आवश्यकताबारे प्रस्ट पारिने संघको योजना छ । 
यस्तै, संघले आफ्नो विद्यान संसोधन गर्न पनि समिति गठन गरेको छ ।  साथै, बैंकिङ कसुर ऐनलाई संसोधन गर्ने पहल गर्न पनि संघले समिति गठन गरेको छ । विधान संसोधनका लागि नेपाल एसबीआई बैंकका सीईओ अनुकुल भटनागर र ऐन संसोधन पहल गर्न राष्ट्रिय बाणिज्य बैंकका किरण श्रेष्ठको संजोकत्वमा समिति बनेको छ । 
बैंकिङ कसुरमा निर्दाेष व्यक्ति पनि फस्ने देखिएपछि बैंकरहरु ऐन संसोधन गर्न कसिएका छन् । बैंक अफ काठमाण्डूको कमसल धितो प्रकरणमा सीईओ अजय श्रेष्ठ ऐनकै कारण फसेको बताइएको छ । साथै, संघलाई अझ बलियो बनाउन विधान संशोधन गर्न लागिएको हो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया