अत्याधिक बहुमतका साथ प्रदेश ३ को राजधानी हटौडा चयन, कति पायो भोट ?

६ बर्ष अगाडि

काठमाडौं – प्रदेश नम्बर ३ को राजधानी मकवानपुर जिल्लाको हटौडा पक्का भएको छ । आज मतदान मार्फत प्रदेशको राजधानी टंगाइएको हो । प्रदेश राजधानीको टुंगो लाग्न नसकेपछि आज मतदान गरिएको थियो । 

हाल प्रदेश ३ मा ११० सांसद छन् । त्यसमा प्रदेश राजधानी हेटौडा तोकियोस भन्ने प्रस्तावमा १०८ मत खसेको थियो । त्यसमा पक्षमा १०५ र बिपक्षमा ३ मत मत खसेको छ । यसरी बहुमतको आधारमा आजदेखि प्रदेशले स्थायी राजधानी पाएको छ । 
यस्तै, प्रदेश राजधानी काभ्रे बनाउने प्रस्तावको पक्षमा जम्मा ३ मत खसेको थियो ।  पहिला नेकपाका सांसदले नै हटौडालाई राजधानी बनाउन हुँदैन भनेका थिए । तर, अहिले नेकपाको बहमुतको सदनले नै उक्त प्रस्ताव पारित गरेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया