एनएमबि लघुवित्तले लिलामे बढाबढ मार्फत सर्वसाधारण समूहको शेयर बिक्री गर्ने भएको छ ।
संस्थाले ५ गते देखि शेयर शिलबन्दी बोलपत्र मार्फत १ लाख ८ हजार ७३३.१३ कित्ता सर्वसाधारण समूहको शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने लागेको हो ।
यस अघि लघुवित्तले कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । संस्थाले उक्त हकप्रदमा आवेदन नपरेको शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो।
१०० रुपैयाँ न्यूनतम मूल्य रहेको उक्त लिलामी शेयर बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
संस्थाको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ भने सनराइज क्यापिटल, एनएमबि लघुवित्त वित्तीय संस्था र सनराइज बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि बोलपत्र पेश गर्न सकिनेछ ।
प्रतिक्रिया