पाम आयल प्रतिवन्द प्रकरणः व्यवसायीहरू मन्त्रीको शरणमा, के के भयो बार्ता ?

६ बर्ष अगाडि

काठमाडौं – भारतले प्रशोधित पाम आयल आयत प्रतिवन्द गरेपछि गत बिहीबारबाट नेपालदेखि यसको निकाशी रोकिएको छ । जसको फलस्वरुप भारत निर्यात हुने तयारीमा रहेका, गोदाममा भएका अर्बाै बराबरको पाम आयल अलपत्र भएका छन् ।
यसैबीच पाम आयल व्यवसायीहरुले गत शुक्रबार मात्रा उद्यो बाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतिला दुगडलाई भेटघाट गरेका छन् । भेटघाटमा व्यवसायीहरुले भारतको उक्त कदमले आफुहरु समस्यामा परेको बताएका थिए । साथै, अर्बाै बराबरको पाम आयल अलपत्रमा परेको र व्यवसाय नै घाटामा जाने स्थीति आएको व्यवसायीहरुको गुनासो थियो ।
यस अवस्थामा उनीहरुले राज्यमन्त्री दुगडलाई पाम आयलको निकाशी खुलाउन पहल गर्न बताएका थिए । आवश्यक पक्रिया पुर्याएर प्रतिवन्द फुकाउन तर्फ सरकार लाग्नुपर्ने उनीहरुको जोड थियो । त्यसपश्चात मन्त्री दुगडले व्यवसायीहरूसँग यस बिषयमा आवश्यक पहल गर्ने बताएको एक व्यवसायीले बताए ।
पछिल्लो समय पाम आयल नेपालको पहिलो निर्यातयोग्य बस्तु बनेको छ । तर, भारतले प्रतिवन्द लगाएपछि व्यवसाय मात्रा होइन, सरकारनै त्रसित र चिन्तित भएको छ । 
अहिले नेपालको निर्यात बढ्नुको मुख्य कारण नै पाम आयलको निकासी हो, जसले गर्दा सरकार चिन्तित भएको छ । साथै, यसको नेपालमा त्यति ठुलो मार्केट छैन, तर भारतमा पाम आयलको ठुलो मार्केट छ, त्यसैले व्यवसायी पनि चिन्तित भएका छन् । 
नेपालमा मलेसियाबाट कच्चा पाम आयल लिएर प्रसोधन गरि भारतमा निकासी गर्दै आएको छ । ३० प्रतिशत मुल्य अभिबृद्धि गरेर यस्तो तेल बिक्री गर्ने पाइने व्यवस्था छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया