बैंकहरूलाई यथाशिघ्र ब्रोकर लाइसेन्स दिनुपर्छ, यस्ता छन् ७ कारण

६ बर्ष अगाडि

काठमाडौं – नेपाल बैंकर्स संघले बैंकहरूलाई जतिसक्दो चाँडो धितोपत्र ब्रोकर लाइसेन्स दिन संघिय अर्थसमितिको अन्तरगतको उपसमितिलाई आग्रह गरेको छ । अर्थसमिति अन्तरगतको पुँजी बजार तथा मुद्रा बजार सम्बन्धी अध्ययन उपसमितिलाई संघले पत्र मार्फत नै ब्रोकर लाइसेन्स दिन आग्रह गरेको हो ।
बैंकहरूले सरकारकै नीतिअनुरुप सहायक कम्पनी स्थापना गरिसकेको हुनाले ब्रोकर लाइसेन्स दिन ढिला गर्न नहुने संघको भनाइ छ । स.घले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिएर पुँजी बजार विस्तार तथा विकासमा जोड दिनुपर्ने  ् बताएको छ । बैंकलाई ब्रोकर लाइसेन्स दिएपछि हालको ब्रोकर कमपनीबाट प्रदान हुने सेवा तथा सुविधामा समेत सुधार हुने संघको अपेक्षा छ । 

बैंकर्स संघले योसँगै बैंकलाई लाइसेन्स दिनुपर्ने भन्ने बिषयमा उपसमितिलाई सात बुँदे कारण पनि बुझाएकोछ । उपसमितिले गत पुस १३ गते यस बिषयमा संघका पदाधिकारीसँग बैठक बसेको थियो । सो बैठकमा भएको निर्णयअनुसार संघले उक्त आधारशिला उपसमितिमा पेश गरेको हो । 
हाल बैंकहरूले लगभग शतप्रतिशत स्थानीय तहमा शाखा स्थापना गरेको अस्था छ, यस अवस्थामा बैंकलाइ ब्रोकर लाइसेन्स दिदा दुरदराजका नागरिकले सहज रुपमा धितोपत्र कारोबार गर्न पाउने संघको भनाइ छ, तसर्थ बैंकलाई यस्तो लाइसेन्स दिनुपर्ने संघले बताएको छ । 
बैंकहरुले राष्ट्र बैंकले तोकेअनुसार सस्थागत शुसासनको निर्देशन पनि पालना गरिरहेका छन् । पारदर्शीता र नीति नियमको पालनामा बैंकहरु अग्रणी स्थानमा छन्, यस्तो अवस्थामा बैंकहरु मार्फत हुने धितोपत्र कारोबार सम्बन्धी कुनै पनि सुचना तथा विवरण गोप्य रहेने संघको दावी छ ।
साथै, संघले बैंकका कर्मचारीबाट यस बिषयमा ग्राहकलाई आवश्यक सुचना तथा सहि मार्गदर्शन दिन सकिने अवस्था भएको बताएको छ । साथै, अन्तरराष्ट्रिय बजारमा पनि बैंकहरूले धितोपत्र ब्रोकरको काम गर्दै आएको हुनाले नेपालमा यसलाई रोक्न नहुने संघको भनाइ छ । 
साथै, बैंकको क्षमता, अर्थतन्त्रमा यसको योगदान र सिएमइएलएस रेटिङको आधार समेत बैंकलाई ब्रोकर लाइसेन्स दिनु उचित रहेको संघको दावी छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया