कृषी विकास बैकं सहित अन्य तिन कम्पनीले आज साधारण सभा बोलाएका छन ।
कम्पनीहरुले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश वितरण गर्न उक्त सभा बोलाएका हुन ।
आज साधारण सभा हुने कम्पनीहरुमा कृषी विकास बैकं,स्पर्श लघुवित्त र सानिमा माई हाइड्रोपावर रहेका छन ।
कृषि विकास बैकंले आफ्ना लगानीकर्ताहरुलाई गत आवको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्नै साधारण सभा बोलाएको छ ।
कम्पनीको १३ औँँ साधारण सभा केन्द्रिय तालिक प्रतिष्ठान बोडे भक्त्तपुरमा बिहान ११ बजे हुनेछ ।
हाल १४ अर्ब ४४ करोड ८२ लाख रहेकोमा ६ प्रतिशत बोनस शेयर वितरणपश्चात बैकंको साधारण शेयर पुँजी ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार पुग्नेछ ।
त्यस्तै,स्पर्श लघुवित्तले हाल चुत्ता पुँजीको १३ प्रतिशत बोनस शेयर वितरण र सोको कर प्रयोजनका लागी ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्नै साधारण सभा बोलाएको छ ।
कम्पनीको साधारण सभा कोटल बराही लेकसाइड पोखरा बिहान ११ बजे हुनेछ ।
हाल ८ करोड २९ लाख ६३ हजार रहेकोमा १३ प्रतिशत बोनस शेयर वितरणपश्चात ९ करोड ३७ लाख ४८ हजार पुग्नेछ।
त्यस्तै, सानिमा माई हाइड्रोपावरले गत आवकोे मुनाफाबाट समितीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्नै साधारण सभा बोलाएको छ ।
कम्पनीको साधारण सभा सेलिब्रेशन हाईट सुकेधारामा बिहान ११ बजेबाट शुरु हुनेछ ।
प्रतिक्रिया