आजको मौसम यस्तो रहनेछ

६ बर्ष अगाडि

नेपालमा कुनै पनि मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । भने अहिले देशको मध्य र पश्चिमी तराईमा हुस्सु लागेको छ भने पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।


आइतबार दिनभर देशका पहाडी भूभागहरुमा मौसम सामान्यतया सफा हुने महाशाखाले जानकारी दिएको छ । यसैगरी, तराईका भूभागहरुमा हुस्सुको सम्भावना रहेको जनाइएको छ ।

आइतबार राति भने देशभरको मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख गरिएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया