अमेरिकामा नेपाली युवाको मृत्यु

६ बर्ष अगाडि

अमेरिकाको मेरिल्याण्डस्थित एमजीएम नेसनल हार्बर होटल तथा क्यासिनोमा जुवाघर मा एक नेपाली युवाको मृत्यु भएको छ ।


शुक्रबार जनवरी १० मेरिल्याण्ड निवासी नेपाली युवा गिताञ्जय ढकालको मृत्यु भएको हो । 


अन्दाजी ३० वर्षीय ढकालको मृत्युबारे मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीका प्रहरीले अनुसन्धान गरिहेको छ । प्रहरीका अनुसार जासुस शेफर्डले यो मुद्दा हेरिरहेको छ । 


ढकालको शव बाल्टिमोरमा राखिएको छ भने आफन्तको खोजतलास गरिरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले परिवारका सदस्यलाई बाहेक अरुलाई कुनै सूचना दिन नमिल्ने भन्दै घटनाबारे केही बताएको छैन । 

६ बर्ष अगाडि

प्रतिक्रिया