नेपालका प्रिन्स दाहाल यहाँ जारी ‘प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिज’को फाइनलमा प्रवेश गरेका छन ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् राखेप को कभर्ड हलमा आज भएको सेमिफाइनलमा यु १९ एकलतर्फ उनले भारतका अभिन वशिष्टलाई २–१ सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।
प्रिन्सले पहिलो सेट २१–१८ अङ्कले जितेका थिए । दोस्रो सेट उहाँले २०–२२ अङ्कले गुमाए । तेस्रो सेट २१–१७ अङ्कले आफ्नो पक्षमा पार्दै पिन्सले फाइनलमा स्थान बनाएका थिए ।
प्रिन्सले शनिबार उपाधिका लागि शनिबार भारतीय खेलाडी मिरावा लेवाङसित खुल्नेछन । लेवाङले आज भएको सेमिफाइनल खेलमा श्रीलङका दुमिन्दु अवेविक्रमालाई २१–१२ र २१–८ अङ्कले हराउँदै उपाधिको दाबेदारी गरेका थिए ।
यस्तै यु १९ महिला एकलतर्फ भारतकी मिर तस्मिन फाइनलमा प्रवेश गर्नुभएको छ । उनले नेपालकी निता लम्साललाई २१–९ र २१–९ अङ्कले पराजित गरेका हुन ।
प्रतिक्रिया