महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरीष्ठ भीमप्रसाद ढकाल तथा अनुगमन समितीका पदाधिकारीले सार्वजनिक सवारी साधनमा अनुगमन गरेका छन ।
उनीहरुले आज शुक्रवार सुन्धारामा २३ वटा भाडाका सार्वजनिक सवारीसाधनहरुलाई अनुगमन गरेका हुन ।
गत पौष १७ गते गरीएको अनुगमनका क्रममा भेटीएका भाढाडरका विषयमा देखिएका समस्यालाई मध्यनजर गदै भिभिन्न सम्बन्धित निकाय सगँ छलफल पनि भएको थियो ।
उक्त छलफल बाट १९ बुदे प्रतिबद्धता कायम भएको थियो,सोही प्रतिबद्धतालाई कार्यन्वयन गर्नका लागि आज बाट अनुगमन शुरु गरीएको हो ।
उक्त अनुगानका क्रममा भाडाका सार्वजनिक सवारी तथा चालकमा देखिएका कमीकमजोरीलाई सच्याउनको लागि चालकहरुलाई प्रीतबद्धता पत्र समेत प्रर्दान गरीएको छ ।
अनुगमनका क्रममा बढ्दो दुर्घटना न्युनिकरण र सहज ट्राफिक व्यवस्थापनका लागि चालहरु पनि व्यवसायिक अनुसशासित र दक्षताका साथ काम गर्न समेत अनुरोध गरीएको थियो ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक तथा अनुगमन समितिका संयोजक प्रउ राजकुमार बैदवार, नेपाल यातायात व्यवसायी महासंघ सचिव नन्दलाल श्रेष्ठ, नेपाल यातायात व्यवसायी महासंघ जिल्ला संयोजक अरुण श्रेष्ठ, नेपाल यातायात व्यवसायी महासंघका सदस्य अर्जुन गौतम, अखिल नेपाल यातायात मजदुर संघका सचिव कमल पोखरेल, नेपाल यातायात व्यवसायी महासंघका ३ नं। प्रदेश संयोजक जगन्नाथ गौतम, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, महानगर यातायातका कार्यकारी प्रमुख केशव नेपाल तथा अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया