सिँहदरबारभित्रको सडक र पेटी यसैवर्ष चिटिक्क हुने भएको छ । सडक, पेटी तथा भत्केका ढल र नालिहरु मर्मत गरेर यो चिटिक्क पार्न लागिएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ ।
कार्यालयले त्यसका लागि २ करोड बजेट छुट्याएको कार्यालयका प्रमुख रबिन्द्र बोहोराले बताए ।
जस अन्तर्गत पहिलो चरणमा पाँच प्रकारका ठेक्काबाट काम हुँदैछ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय वरिपरिको ढल तथा नाली, राष्ट्रिय योजना आयोगको पार्किङ्ग मर्मत र पुनर्निमाण, शहरी विकास मन्त्रालयको उत्तरतर्फको सडक, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र संस्कृती पर्यटन तथा नागरीक उड्ययन मन्त्रालयको सडक र फुटपाथ एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सडक, नाली र फुटपाथ मर्मतको कार्य हुने छ ।
त्यसका लागि रु ८४ लाख ८३ हजार ३ सय २३ को पाँचवटा ठेक्का प्रकृया शुरु भइसकेका छन् ।
यसपछि पार्किङ्ग, सडक र शुन्दरता झल्काउने कार्यको लागि छिट्टै ठेक्का प्रकृया शुरु गरिने कार्यालय प्रमुख बोहोराले बताए ।
‘यसबाट बाटो पिच गर्ने, सडक, फुटपाथ र ढल लगायतका साना संरचनाहरु मर्मत संभार र रङ्ग रोगनको कार्य गरिने छ’, उनले भने ।
अहिले सिँहदरबाका सडक तथा नाली र फुटपाथ भत्केर अस्तव्यस्थ भएको अवस्थामा मर्मतपछि चिटीक्क पर्ने कार्यायले जनाएको छ ।
प्रतिक्रिया