बोर्डका नव नियुक्त अध्यक्ष ढुंगानाको पदभारः यस्तो गरे पहिलो निर्णय

६ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले आज सपथ ग्रहणसगैँ पदभार ग्रहण गरेका छन् ।

उनले आज ११ बजे अर्थ मन्त्रालयमा सपथ ग्रहण गरे पश्चात १२ बजे ज्वालाखेल स्थित बोर्डको कार्यलयमा गएर पदभार ग्रहण गरेका हुन् ।

उनलाई बोर्डमा कार्यलय कर्मचारीहरुले स्वागत गरेका हुन् । उनले आज कार्यभार सम्हाले पश्चात पहिलो निर्णयका रुपमा एसविआई बैंकको ऋण पत्र जारी गर्न स्वीकृती प्रदान गरेका छन् । 

आजको अर्थसगँको कुराकानीमा उनले पहिलो कामको रुपमा नेपाल एसविआई बैंकको साढे २ अर्बको ऋणपत्र जारी गर्ने प्रस्ताव स्वीकृत गरेको बताएका छन् ।

गत सोमबार भएको मन्त्रिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुत्ती गरेको थियो । हिजो बिहीबार मन्त्रिपरिषद्को निर्णय औपचारिक रुपमा सार्वजनिक भएपछि ढुंगानाले आज सपथ ग्रहण लिदैँ कार्यभार सम्हालेका  हुन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया