काठमाण्डौ – एभरेष्ट बैंकले रु १ अर्ब बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले रु १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनका लागि स्वीकृतिको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । बैंकले ७ वर्षे अवधिको ऋणपत्र निश्कासनका लागि आवेदन दिएको हो ।
ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशतको दरले ब्याज पाइनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । बैंकले जारी गर्न खोजेको १००० रुपैयाँ दरका कुल १० लाख युनिट ऋणपत्रमध्ये ४ लाख पब्लिक इस्यू तथा बाँकी ६ लाख प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री हुनेछ ।
ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।
पछिल्लो समय नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत बैंकहरुलाई कोर क्यापिटलको २५ प्रतिशतको दरले ऋणपत्र निश्कासन गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको थियो । यो व्यवस्थापछि बैंकहरुले धमाधम ऋणपत्र निश्कासन गरिरहेका छन् ।
प्रतिक्रिया