नेप्सेमा सूचिकृत २ बैंकले २ अर्ब बराबरको २० करोड ईकाइ म्युचुअल फण्ड जारी गर्न लागेका छन् ।
। ग्लोबल आइएमई बैङ्कले प्रवद्र्धन गर्न लागेको ‘ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ र लक्ष्मी बैङ्कले प्रवद्र्धन गर्ने ‘लक्ष्मी उन्नति कोष’ बिक्रीमा आउन लागेका हुन् ।
यी दुई म्युचुअल फण्ड मध्य सबै भन्दा धेरै इकाई ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ को रहेको छ । उक्त फण्डले १ अर्ब २० करोड बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको छ ।
त्यस्तै, लक्ष्मी उन्नती कोषले ८० करोड बराबरको ८ करोड इकाई जारी गर्न लागेको छ । दुबै कम्पनीको फण्ड १० रुपैयाँ प्रति इकाई को रहने छ । दुई म्युचुअल फण्ड यस अघि नै संचालनमा रहेको लक्ष्मी बैंकको यो तेस्रो म्युचलफण्ड हो । हाल लक्ष्मी क्यापिटल अन्तर्गत लक्ष्मी भ्यालु फण्ड र लक्ष्मी इक्वीटी फण्ड संचालन गरी २ वटा म्युचुअल फण्ड संचालनमा रहेका छन् ।
हाल नेपाल स्टक एक्सचेन्जमा हाल १७ वटा सामूहिक लगानी कोष योजना सूचीकृत छन् । धितोपत्र बोर्डबाट स्वीकृती पाए पश्चात मात्र दुबै कम्पनीका इकाईहरुको बिक्री खुल्ला हुनेछ ।
प्रतिक्रिया