७ बैंकको ११ अर्बको ऋणपत्र पाइपलाइनमा, गुडविल र आईसीएफसीमा सर्वाधिक व्याजदर

६ बर्ष अगाडि

काठमाडौं – नेपाल धितापत्र बोर्डमा करिब ११ अर्ब रुपैयाँ बराबरको डिभेन्चर (ऋणपत्र) स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । बोर्डकाअनुसार बिभिन्न ७ बैंक तथा वित्तिय संस्थाका १ करोड ९ लाख ५० हजार युनिट अर्थात रू. १० अर्ब ९५ करोड बराबरको ऋणपत्र स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।

कुल युनिट मध्ये ४३ लाख ८० हजार युनिट सर्वसाधारणको लागि छुट्टाइएको छ । बाँकी रहेको ६५ लाख ७० जजार युनिट डिभेन्चर निजी प्लेसमेन्टका लागि छुट्टाइएको छ । डिभेन्चरमा एक युनिटको मुल्य एक हजार तोकिएको हुन्छ ।
एभरेष्ट बैक, कृषि विकास बैंक, सिजिजन्स बैंक, नेपाल एसबीआई बैंक र नविल बैंकको ऋणपत्र पाइपलाइनमा रहेका छन् । यस्तै, वित्तिय संस्थातर्फ गुडविल र आईसीएफसीको ऋणपत्र प्रक्रियामा छन् । यी कम्पनी मध्ये बगुडविल र आईसीएफसीले सर्वाधिक व्याज दिनेछन् । उनीहरुले १२ प्रतिशत व्याज दिने बताइएको छ । बैंक तर्फ कृषि विकास बैंकको सबैभन्दा बढी अर्थात १०.३५ प्रतिशत व्याजदर दिने बताएको छ ।  

चालु आवको मौद्रिक नीति अनुसार बैंकहरुले आफ्नो चुक्तापुँजीको २५ प्रतिशत बराबरको अनुपातमा डिभेन्चर निष्काशन गर्नुपर्ने हुन्छ, सोही नीति अनुसार चालु आवमा बैंकहरुले डिभेन्चर जारी गर्न तयारी गरिरहेका छन् ।
डिभेन्चर भन्नाले बैंक तथा सम्बन्धीत कम्पनीले जनता तथा कुनै कम्पनीहरुसँग ऋण माग्ने माध्यम हो । उनीहरुले व्याजमा यसरी ऋण लिएर तरलता बढाउने तथा बिभिन्न क्षेत्रमा लगानी गर्छन । सोही लगानीबाट उनीहरुले नाफा कमाउन सक्छन् । बैंकिङ क्षेत्रमा जतिसुकै समस्या आएपति डिभेन्चरको व्याजदरमा कुनै परिवर्तन गर्न भने पाइने छैन । निक्षेपको व्याजदर थपघट भइरहने भएकाले र शेयर बजार पनि घटी रहेकाले पछिल्लो समय आम मानिसहरू डिभेन्चर तिर पनि आर्कषित हुँदै गएका छन् । 


६ बर्ष अगाडि

प्रतिक्रिया