काठमाडौं – नेपाल धितोपत्र बोर्डले सर्वसाधारण लगानीकर्तालाई माघदेखि प्रत्येक महिनाको दोस्रो हप्ता तथा अन्तिम शुक्रबारदेखि निःशुल्क प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । बोर्डले पहिले पनि यस्तो कार्यक्रम गर्ने गरेको थियो । तर, बीचमा प्राविधिक कारणबस हुन सकेको थिएन ।
प्रशिक्षणमा सहभागी हुन चाहने सर्वसाधारण लगानीकर्ताले माघ १० गतेसम्म बोर्डमा फोन र इमेल मार्फत नाम दर्ता गराईसक्नुपर्ने छ । ज्वालाखेल स्थित धितोपत्र बोर्डको सभाहलमा उक्त प्रशिक्षण हुनेछ ।
बाँकी सुचनाबाट
प्रतिक्रिया