आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदैछ ।
विहान १० बजदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।
नामावली प्रकाशनसँगै आजै अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।
उम्मेदवारी फिर्ताको समय बिहीबार भएपनि कसैले पनि नाम फिर्ता नलिएको आयोगले जानकारी दिएको छ ।
अठार सिटका लागि हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ ।
संविधान अनुसार प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुदैंछ । स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन् ।
प्रतिक्रिया