नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बील विजक प्रयोग गरी राजश्व छली गर्ने एक व्यवसायी विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।
काठमाडाँ महानगरपालिका–७ को युनिभर्सल ट्रेड एण्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ प्रेस र युनिभर्सल निर्माण सेवाका सञ्चालक प्रकाशराज गिरीले २१ करोड १८ लाख रुपैयाँ विगो बराबरको राजश्व चुहावट गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
मुद्दामा विभागले विगो असूल गरी बिगोको दोब्बर जरिवाना र ३ वर्ष कैद सजायको माग गरेको छ ।
वस्तु तथा सेवा खरीद नै नगरी झुठ्ठा तथा नक्कली कर विजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावटको कसूर गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।
प्रतिवादीले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कसूर गरेको आरोप लागेको छ ।
मूल्य अभिवृद्धि करतर्फ ६ करोड र आयकरतर्फ १५ करोड १७ लाख राजश्व चुहावट गरेको पाइएको विभागको भनाइ छ ।
प्रतिक्रिया