नेपाल स्टक एक्सेन्चमा स्वाभिमान लघुवित्त वित्तिय संस्थाको सेयर मुल्य समायोजन भएको छ।
संस्थाले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफामा शेयर मूल्य समायोजन भएको हो ।
लघुवित्तले बोनस शेयर वितरण पश्चात कायम हुन आउने जारी तथा चुक्ता पँजीको ३३ प्रतिशत अर्थात ३ बराबर १ अनुपातमा हकप्रद्र शेयर जारी प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थका लागी बुकक्लोज गरेसँगै नेप्सेले संस्थाको शेयर मूल्य समायोजन गरी प्रतिकित्ता ९४९ रुपैयाँ १९ पैसा कायम गरेको छ।
लघुवित्तले लाभांश पारित गर्न माघ १० गते डार्सिज इन्टरनेशनल होटल बुटवलमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
हाल संस्थाको ६ करोड १८ लाख रुपैयाँ चुक्ता पूँजीरहेकोमा २४ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया