चाडबाडले छोपेपछि गरिब बस्तीमा चिन्ता पस्छ । खासगरी पराले झुप्रा बस्तीका मुसहरलाई टार्न पु¥याउन गाह्रो परेपछि पर्व आउँदा चिन्ता नै थपिन्छ । चाडबाड आएको छनक पाएपछि झुप्रामा नानीहरुको फुर्ति बढ्छ भने चाडबाडका सामान बजारको महँगीले जोड्न नसक्दा घरका मुख्य अभिभावक भने रनभूल्ल पर्छन् ।
मध्यपूर्वी तराईमा ‘तिलासङ्क्रान्त’ भनिने माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा बजारमा उपभोग्य समानको भाउ आकासिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईको मिथिला क्षेत्रमा यो पर्वमा अनिवार्य मानिने तिल र सक्खर (मिठ्ठा) सहितका आवश्यक सामानको मूल्य आकासिएपछि बनिबुतो (कृषि ज्याला) गरेर जीवनयापन गर्ने गरिब बस्तीमा चिन्ता बढेको हो ।
महोत्तरीका बजारमा अहिले तिलको मूल्य प्रतिकिलो रु ४०० छ । त्यसैगरी सक्खरको मूल्य पनि प्रतिकिलो रु १२५ पुगेको छ । गत वर्ष यो पर्वताका तिल रु २५० र सक्खर रु ६५ प्रतिकिलो पाइएको सर्वसाधारण उपभोक्ता सम्झन्छन् तर, यसपालि तिला सङ्क्रान्त पर्वमा अनिवार्य मानिने तिल र सक्खरको मूल्य आकासिएपछि आफूजस्ता गरिबले पर्व मान्ने कुरा हराएको जिल्लाकै बलवा नगरपालिका–१० भगवतीपुरको मुसहरी टोलका उत्तिम सादाले खिन्न हुँदै बताए। “अबो (अब) त यी चाडबाड पनि नआए हुन्थ्यो जस्तो लाग्न थाल्यो”, ६० वर्षीय उत्तिमले भने।
मिथिलामा यो पर्व विशेषमा तिलका (लड्डु, भुटेर छाँटिएको तिललाई फत्काइएको सक्खर (खुँदो)मा मिसाएर बनाइने विशेष परिकार) अनिवार्य मानिन्छ । पर्वका दिन तिलकालाई नै कूलदेवतालाई अर्पण गर्ने मैथिल परम्परा भएकाले यी सामानको आकासिँदो मूल्यले गरिबलाई पर्व मनाउन सकस परेको हो ।
“के गर्नु हजुर, कुनै सामान सोधिसक्नु छैन, अनि हामीलाई के गरी आउनु चाडबाड रु” बुधबार भङ्गाहा नगरपालिका–२ को सिङ्ग्याहीहटिया ९साप्ताहिक बजार० बाट मूल्यकै कारण सामान किन्न नसकेर रित्तै घर फर्केका भङ्गाहा–३ सकरी बस्तीकी रामराजी सादाले भने, “अब ९पर्व० पनि भगवान् भरोसे नै छाडियो ।”
पर्वका सामानमा तिल र सक्खरसँगै कन्दमूल ९सुठुनी, तरुल र सखरखण्ड आदि० र मुरी ९विशेष प्रकारको चामल भुटेर बनाइने भुजा० र चिउराको मूल्य पनि बढेको छ । पुस मध्यसम्मको दुई साता लामो शीतलहर र त्यसयताको वर्षा र चिसोले काममा जान नपाएर बेगारी बन्नुपरेकै बेला पर्व टार्ने चटारोले गरिब बस्तीमा बेचैनी बढेको हो । दैनिक ज्यालादारी गरेर पेट पाल्नुपर्ने आफूहरुलाई यी चाडपर्व नै नआउन् जस्तो लाग्ने गरेको औरही नगरपालिकाको टिम्कीयास्थित दलित बस्तीकी भुठ्ठी सादा बताउछन् ।
“के गरौँ हजुर, साना लालाबाला छन्, नजिकै गिरहत ९बस्तीका सम्पन्न आफूले काम गर्ने घरमूलीलाई मुसहरले ‘गिरहत’वा ‘मालिक’ भन्छन्० का घरमा पर्वको चहलपहल छ”, भुठ्ठीले भने, “हाम्रा नानीले आफू गरिब भएको बुझेका छैनन्, गिरहतका नानीहरुको सिको गर्न खोज्छन् ।”
अहिले पर्वले छोप्दै जाँदा पराले झुप्रामा बस्ने दलित मात्र नभएर गरिब किसानलाई पनि टार्न पु¥याउन धौधौ परेको छ । यो पर्वमा मात्र नभएर अन्य खासखास पर्वमा पनि उपभोग्य सामग्रीको मूल्य व्यापारीले भनेकै मूल्यमा लिन सर्वसाधारण उपभोक्ता विवश छन् । प्रशासनिक निकाय र जनप्रतिनिधिमूलक निकायले बजार अनुगमन नगरिदिँदा आफूहरु चर्को मूल्य मात्र नभएर सामानको गुणस्तरमा पनि ठगिने गरेको उपभोक्ताको गुनासो छ ।
प्रतिक्रिया