सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ : मन्त्री अर्याल

६ बर्ष अगाडि

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छिन । 

राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालको २७ औँं वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले उद्यमशीलता, व्यवसायिकतामा जानुपर्ने बताइन । 

राज्यले सहकारीलाई तीन खम्बे अर्थनीति अन्तर्गत समेटेको भन्दै उनले एक सहकारी एक रोजगारी अनिवार्य रूपमा लागू गरेर जानुपर्ने बताइन । राज्यले सन् २०३० सम्ममा गरीबी शून्यमा झार्ने लक्ष्य लिएको उल्लेख गर्दै अहिले रहेको १८ प्रतिशत गरीबी न्यून गर्न सहकारीले भूमिका खेल्नुपर्ने धारणा राखिन । 

बचत तथा ऋण सहकारी संस्थाको सङ्ख्या अत्यधिक बढी भएकाले संस्थाको सङ्ख्या बढाउनेतिर भन्दा कार्यक्षेत्र विस्तार गर्ने अभियान लाग्नुपर्ने मन्त्री अर्यालको भनाइ थियो । 

कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले राज्यले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा गर्न सहकारी महत्वपूर्ण क्षेत्र भएकाले गरीबीमुखी कार्यक्रम, योजना बनाएर अगाडि बढ्न जरुरी छ भने ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया