राष्ट्रियसभाबाट राजश्व चुहावट विधेयक पारित

६ बर्ष अगाडि

राष्ट्रियसभाको आजको बैठकले राजश्व चुहावटसम्बन्धी विधेयक पारित गरेको छ ।  

बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक सर्वसम्मतिले पारित भएको हो ।

 विषयगत समितिमा भएको छलफल र परिमार्जनलाई स्वीकार्दै विधेयक पारित गरिएको हो । बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णयसमेत गरेको छ । 

आजकै बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गरेको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ  । 

 बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका तर्फबाट अर्थमन्त्री डा खतिवडाले ‘रेल्वे विधेयक, २०७६’ पनि पेश गरे । 
 यसअघि नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै डा खतिवडाले सदनमा उठेका सवाललाई संशोधनका माध्यमबाट सम्बोधन गर्न सकिने बताए ।

हालका बौद्धिक संस्थाहरु भिन्न र छुट्टै प्रकृतिका रहेको र संसदीय प्रक्रियाबाट नबनेका हुनाले  प्रतिष्ठान विधेयक ल्याइएको उनले जानकारी दिए ।कानूनबाट स्थापित हुने प्रतिष्ठान दिगो र परिपूरक भूमिकामा भएकाले यसको सान्दर्भिकता बढ्ने उनले बताए ।
 
डा खतिवडाले प्रतिष्ठान विधेयक मुलुकको सामरिक सम्बन्ध, परराष्ट्र नीति र  विकाससम्बन्धी कामलाई प्रभावकारी बनाउन पनि  उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।  राष्ट्रियसभाको अर्को बैठक यही पुस २७ गते अपराह्न १ बजे बस्नेछ  ।

हात्ती आतङ्क नियन्त्रण गर्न माग
 
चितवनको राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्ती आतङ्क बढेकाले नियन्त्रण गर्न सांसदले माग गरेका छन । 

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद दिलकुमारी रावलले राप्ती नदी नजीकको बस्तीमा जङ्गली हात्तीले आक्रमण गरी घर भत्काएको र जनतालाई त्रसित बनाएकाले नियन्त्रण गरी पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । 

 हात्तीले राप्तीस्थित लोकनारायण सापकोटालगायतका घर भत्काएको थियो । यस्तै भरतपुर ३ मा पनि तीन घर हात्तीले भत्काएको बताइएको छ । 
 सांसद धनकुमारी खतिवडाले सेक्युरिटी प्रेस खरीदमा बढी मूल्य तिर्न लागिएको आशङ्का गरिएको छ भन्दै लागतभन्दा झण्डै दोब्बर मूल्यमा खरीद गर्नुपर्ने कारण किन भनी प्रश्न गरे । 

उहाँले यती समूहलाई फाइदा पुग्ने गरी सार्वजनिक सम्पत्ति भाडामा दिन हतारिएको भनी सरकारको आलोचना गरेका छन ।सभाको विशेष समयमा नेपाली काँग्रेसका राधेश्याम अधिकारीले सभामा पेश भएका विधेयकमा उठेका सवाललाई सम्बोधन गर्नुपर्ने बताए ।

 पेश गरिएका विधेयकका कतिपय प्रावधान मौलिक हकसँग बाझिएको छ भन्दै उहाँले त्यसलाई सच्याएर लैजान सरकारको ध्यानाकर्षण गराएका थिए । नेकपाका  रामनारायण बिंडारीले बढ्दो सडक दुर्घटनाका कारण नागरिकले अकालमै ज्यान गुमाउनु परेको छ भन्दै सडक सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरेका छन । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया