एनएमबि बैकंको २४ औँ वार्षिक साधारण सभाले ३५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।
सभाले चुक्ता पूँजीको १४ प्रतिशत नगद लाभांश र २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनश सेयर वितरणप्रश्चात् बैंकको चुक्ता पूँजी १३ अर्व ९५ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।
बैंकले चालु आवको असोज महिनासम्ममा ८१ करोड ५१ लाख रुपैयाँ नाफा लिएको छ ।हाल बैंकले १ सय ६३ वटा शाखा कार्यालयमार्फत् सेवा दिँदै आएको छ ।
प्रतिक्रिया