नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

६ बर्ष अगाडि

नेपाली सेनाको निष्क्रिय टोलीले  मरिण गाउँपालिका–३ मथौलीमा फेला परेको  शङ्कास्पद वस्तुलाई  निष्क्रिय पारेको छ । 

सो गाउँपालिका –३ वडा कार्यालयमा बुुधबार फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले आज  निष्क्रिय पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले शङ्कास्पद वस्तुलाई डिस्पोज गर्ने क्रममा ठूलो आवाजका साथ पड्किएकाले ‘प्रेसर कुकर बम’ हुनसक्ने जानकारी दिए । 

 उनले निष्क्रिय टोली सदरमुकाम आएपछि  थप जानकारी आउने बताए   ।   सो वस्तु कसले राखेको हो भन्ने अझै पुष्टि हुनसकेको छैन ।

 कार्यालयमा मानवीय क्षति  नभएको प्रहरीले जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया