३ अर्ब बराबरको आइपीओ ल्याउदैँ १८ कम्पनी, कुनको कति कित्ता ?

६ बर्ष अगाडि

अब छिट्टै नै ३ अर्ब बराबरको साधारण शेयर (आइपीओ) निष्कासन हुने भएको छ ।

नेप्सेमा सूचिकृत १८ कम्पनीहरुले ३ अर्ब बराबरको आईपीओ निष्कासन गर्न लागेका हुन ।

आईपीओ निष्कासन गर्न लागेका १८ कम्पनी मध्य १३ जलविद्युत् कम्पनी रहेका छन् भने एक पुर्नबीमा कम्पनी र बाँकी अन्य तिन कम्पनी रहेका छन् ।

यी सबै कम्पनीहरुले कुल ३ अर्ब १६ करोड ५ लाख ६५ हजार १०० रुपैयाँँ बराबरको ३ करोड ६० लाख ५ हजार ६ सय ५१ कित्ता शेयर निष्कासन गर्न लागेका हुन ।

आइपीओ निष्कासन गर्न लागेका १८ कम्पनी मध्य सबै भन्दा धेरै नेपाल पुर्नबीमा कम्पनीको १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता शेयर रहेको छ भने सबै भन्दा थोरै गर्जाङ हाईड्रो पावरले स्थानीय लाई जारी गर्न लागेको २ करोड बराबरको २ लाख कित्ता शेयर रहेको छ ।

त्यस्तै १३ जलविद्युत् कम्पनी मध्य तिन कम्पनीले स्थानीयका लागी आइपीओ निष्कासन गर्दैछन् । 

कुन जलविद्युत् कम्पनीले कति आइपीओ जारी गर्ने 

आइपीओ जारी गर्न लागेका कम्पनीहरुमा सिंगाती हाइड्रोले ४३ लाख ४० हजार, युनाइटेड इदी हाइड्रोले १० लाख ५० हजार, लिबर्टी इन्र्जीले ३७ लाख ५० हजार, ग्रीनलाईफले ३४ लाख ९६ हजार ४ सय, माउन्टेन इन्र्जीले ३९ लाख ३६ हजार ५४, भैरवकुण्डले २५ लाख ३३ हजार २ सय ८० कित्ता आइपीओ  निष्कासन गर्दैछन् ।

भैरवकुण्डले स्थानीयका लागी पनि छुटै् ६ लाख ५० हजार कित्ता आइपीओ  निष्कासन गर्दैछ । 

त्यस्तै, रुरु जलविद्युत आयोजनाले स्थानीयका लागी ४ लाख ७ हजार ७ सय ५० कित्ता, शुभम पावरले ५ लाख ८० हजार ५ सय ८० कित्ता, सयपत्री हाइड्रोले ३ लाख कित्ता, मैलुङ खोला जलविद्युतले ७ लाख ३६ हजार २ सय ८३ कित्ता, लाफिङ पावरले स्थानीयलाई ९ लाख ७८ हजार कित्ता आइपीओ जारी गर्दैछ ।

त्यस्तै, सिइडिबी हाइड्रोले २२ लाख लाख ८९ हजार ३ सय कित्ता र गर्जाङ उपत्यका हाइड्रोले स्थानीयका लागी २ लाख कित्ता आईपीओ निष्कासन गर्दैछ ।

अन्य कम्पनीहरु
१३ हाइड्रो कम्पनी बहायक अन्य ५ कम्पनी पनी आईपीओ जारी गर्ने तरखरमा लागेका छन् ।१८ कम्पनी मध्य कै सबै भन्दा धेरै नेपाल पुर्नबिमा कम्पनीको १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता शेयर आइपीओ  जारी गर्दैछ ।त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ जारी गर्दै छ । उता इमर्जिङ नेपालले ५ लाख कित्ता र सिबिआइएल क्यापीटलले ३ लाख कित्ता आईपीओ जारी गर्न लाग्दै छन् । त्यस्तै युनिक हेडल कम्पनीले स्थानीयका लागी ५ लाख ५० हजार कित्ता आईपीओ जारी गर्दैछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया