काठमाडौं – सुनको मुल्य बढेपछि नेपालमा यसको कारोबार लगभग ठप्प भएको छ । पहिले पौष महिनामा दैनिक ३० कजी सुन खपत हुने थियो । तर, अहिले दैनिक मुस्किलले ५ केजी काचो सुन खपत हुने गरेको छ ।
यसैत सुनको कारोबार लागि पौष त्यति राम्रो सिजन होइन । तर, मुल्य बढेपछि साउन यता नै व्यवसायीहरु मर्कामा परेका छन् । हाल इरान र अमेरिकाको तनावको कारण विश्व बजारमा नै सुनको मुल्य बढेको छ ।
जसको कारण नेपालमा पनि सुनको मुल्य रू. ७६ हजार ५०० सम्म पुगेको छ । आज भने यसको मुल्य ७५ हजार ५०० रुपैयाँ छ ।
मुल्य बढेर कारोबार ठप्प भएपछि बैंकहरुको सुन बिक्री हुन सकेको छैन । अहिले बैंकहरुमा ४५० केजी सुन स्टकमा रहेको नेपाल बैंकर्स संघले बताएको छ । साथै, पुसमा सुन आयात पनि नगरेको बंैंकर्स संघका एक अधिकारीले बताए । नेपालमा सुन आयात गरेर व्यवसायीलाई बिक्री गर्ने अधिकार बैंकलाई मात्रा छ ।
नेपालमा बार्षिक ३० अर्ब भन्दा बढीको सुन आयात हुन्छ । तर, यो बर्ष भने सुनको आयात घट्ने देखिएको छ । चालु आवको पहिलो ५ महीनामा रू. ६ अर्ब ९० करोडको सुन आयात भएको छ । गत आवको सो अवधीमा रू. १७ अर्ब ४५ करोडको सुन आयात भएको थियो ।
माघमा हुने विवाहका लागि यतिखेर सुनचाँदी पसलमा गरगहना अडर भइ सक्ने थियो । तर, अहिले पसलमा उल्टै गरगहना फिर्ता गर्ने ग्राहक आएका व्यवसायी गणेश लकान्द्री बताउछन् । मुल्य बढेपछि केही रकम फाइदा हुने भएपछि ग्राहकले गरगहना फिर्ता गर्ने गरेका छन् ।
प्रतिक्रिया