पाम आयलको आयतमा भारतको रोक, नेपालको बदैशिक व्यापार थप घाटा जाने संकेत

६ बर्ष अगाडि

काठमाडौं – भारत सरकारले प्रशोधित पाम आयातको आयातमा प्रतिवन्ध लगाएको छ । भारतको बाणिज्य बिभागले बुधबार एक परिपत्र जारी गर्दै आफ्नो मुलुकमा पाम आयलको रोक लगाएको हो । 
उत्त, परिपत्रअनुसार पाम आयल र प्रशोधित पाल्मोलिन आयलको आयातमा रोक लगाइएको हो । पाम आयलको आयातलाई ‘खुला’ वर्गबाट हटाई ‘प्रतिबन्धित’ वर्गमा राखेर परिपत्र जारी छ । 
भारतको उक्त निर्णयको प्रत्यक्ष नेपालको बैदेशिक व्यापारलाई पनि पर्ने देखिएको छ।  पछिल्लो समय नेपालबाट भारतमा ठुलो मात्रा पाम आयालको निर्यात हुने गरेको छ । भारतको उक्त निर्णयसँगै तत्काल नेपालदेखि भारतमा हुने पाम आयलको निर्यात रोकिने भएको छ । 
पछिल्लो समय नेपालको निर्यात बद्दै गएको छ । नेपाल निर्यात बढ्नुको मुख्य कारण पाम आयलको निकाशी  । तर, अब समग्र नेपालको निर्यात नै प्रभाव हुने भएको छ ।  भारतमा नेपालदेखि हुने कुल निर्यात मध्ये पाम आयलको हिस्सा २५ प्रतिशत छ । भारतले पाम आयलमा रोक लगाएपछि नेपालदेखि निर्यात हुने पाम आयल रोकिने भएको छ । जसको फलस्वरुप नेपालको बैदेशिक व्यापार थप घाटामा जाने देखिएको छ । साथै, पाम आयलमा आवद्ध उद्यमीहरुलाई पनि समस्या पर्ने देखिएको छ ।
प्रशोधित पाम आयल नेपालको नम्बर एक निर्यातजन्य बस्तु हो । गत आर्थिक वर्षदेखि नेपालबाट बढ्न थालेको यसको निर्यात मुख्यतः भारतमै जाने गरेको छ ।
चालू आवको पहिलो ५ महीनामै नेपालबाट भएको पाम आयलको निर्यात अघिल्ला बर्षहरुको भन्दा बढी छ । यस वर्ष रू. ११ अर्ब ५२ करोड बराबरको पाम आयल निर्यात भएको छ । ताकी, गत आवमा सो अबवधीमा रू. १० अर्ब ३३ करोडको पाम आयल निर्यात भएको छ ।
सकारी अधिकारीहरु पनि भारतको उक्त कदमले नेपालको बैदेशिक व्यापारलाई असर गरेको बताउछन् । तत्काल यसले पाम आयलको निकाशीमा असर गर्ने उनीहरुको तर्क छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया