विद्युत् लाइन मर्मत गरेर फर्किएका नेपाल विद्युत् प्राधिकरणका २ कर्मचारी कुटिएका छन् ।
प्राधिकरणका अनुसार जोरपाटी बितरण केन्द्र को नोलाइट टोली माथी गए राती अन्दाजी १० बजेतिर मुलपानीको लक्ष्मीनारायण चोक नजिक कुटपीट भएको हो ।
आफूलाई सशस्त्र प्रहरी बताउने समूहले उनीहरुमाथि कुटपीट गरेको घाइते कर्मचारीले बताएका छन् ।
लाइन मर्मत गरेर फर्किने बेला मा रक्सी खएर बसेको सशस्त्र प्रहरी जनाउने केही व्यक्तिले कुटपिट गरेर घाइते बनाएको आरोप लगाएको छ । उनीहरु सशस्त्र प्रहरी हुन् कि होइनन भन्ने खुलेको छैन ।
घाइतेहरुको अर्थोपेडिक हस्पिटल मा भर्ना गरिएको छ ।
कुटपीटबाट सुर्य बहादुर खत्रीको हातको बुढी औला भाचिएको छ भने सुबास खड्काको मुखमा चोट लागेको छ । कुटपीटमा संलग्नलाई पक्राउ गरी महानगरीय प्रहरी वौद्धमा राखिएको छ ।
अप्रत्यासित रुपमा कर्मचारीमाथि आक्रमण भएको जोरपाटी बितरण केन्द्रका रामु पौडेलले जानकारी दिए ।
प्रतिक्रिया