स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २५ गते शुक्रबार बुकक्लोज गर्ने भए पछि आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन ।
संस्थाले यस अघि आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट २४ प्रतिशत बोनस शेयर र १.२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न संस्थाले माघ १० गते आफ्नो तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया